मोदी गाउँपालिकाद्वारा बिपन्न वर्गका लागि विशेष राहतको घोषणा

modi gaupalika
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, १९ चैत। पर्वतको मोदी गाउँपालिकाले विपन्न तथा गरीव परिवारहरुका लागि राहतको घोषणा गरेको छ। गाउँपालिका भित्र रहेका विपन्न असाह्य तथा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका बासिन्दाहरुलाई लकडाउनको बेला खाद्ययान्नको संकट नहोस् भन्ने हेतुले राहतको प्याकेज ल्याएको गाउँपालिका कार्यलयका प्रवक्ता विमल लामिछानेले जानकारी दिए।

गाउँपालिका भित्र रहेका प्रत्येक विपन्न असाह्य तथा मजदुर परिवारलाई १ वोरा चामल, २ केजी दाल, २ लिटर तेल, १ पोका नुन र २ वटा सावुन उपलव्ध गराउने लामिछानेले बताए। गाउँपालिकाका प्रत्येक वडाहरुमा खाद्य बैंको स्थापना समेत गरिएको छ। यसरी प्रत्येक खाद्य बैंकमा स्थापना भएको खाद्द वस्तु भण्डारण गरी पालिकाले एकद्धार प्रणाली तथा समान रुपवाट वितरण गर्ने गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बताए।

गाउँपालिकाले स्थापना गरेको राहत कोष तथा खाद्य बैंकका लागि विनियोजन गरेको रु ३ लाख र प्रदेश सरकारले उपलव्ध गराएको रु ५ लाख गरी रु ८ लाख जम्मा भएको गाउँपालिकाले जनाएको छ। सरकारले गरेको लकडाउनको वेलामा मोदी गाउँपालिकामा पनि कडाइ गरिएको छ।

गाउँपालिकामा व्यक्तिगत रुपमा कसैले कसैलाई सहयोग गर्नुपरे गाउँपालिकाको अनुमती लिनुपर्ने बताइएको छ। यसभन्दा अगाडि जिल्लाको महाशिला गाउँपालिकाले पनि आफ्ना पालिका भित्रका विपन्न हरुलाई राहत स्वरुप प्याकेजको घोषणा गरिसकेको छ। खाद्य बकैंमा विभिन्न व्यक्तिहरुले पनि सहयोगको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्