नेतृ अधिकारी र गाउँपालिकाको पहलमा मजदुरको उद्धार कार्य सुरु

pic
लोकपाटी न्यूज

काठमाडौं, १९ चैत। चितवनको इच्छाकामना गाउँपालिकाका २३ जना अलपत्र परेका मजदुरको उद्धार कार्य सुरु भएको छ। नेकपा चितवनका युवा नेतृ तथा समाजसेवी साबित्रि अधिकारीको तथा इच्छाकामना गाउँपालिकाको पहलमा अलपत्र मजदुरहरुको उद्धार कार्य सुरु भएको हो।

पर्वत जिल्लाको समुन्द्र कनट्रक्सनमा काम गर्दै आएका इच्छाकामनाका २३ जना मजदुरहरु सरकारले घोषणा गरेको लकडाउनका कारण अलपत्र परेका हुन्। पर्वतबाट चितवनको ईच्छाकामना गाउँपालिकामा मजदुर लिएर आउँदै गरेको बसलाई पोखराको कोत्रेमा चार घण्टा प्रहरीले रोकेको थियो। लकडाउनको अवज्ञा गरेको भन्दै बसलाई ४ घण्टा नियन्त्रणमा लिएको हो। उक्त बसलाई समाजसेवी सावित्री अधिकारी र हिमराज पौडेलले उद्दार गरि चितवन पठाएका हन्।

देशमा लकडाउन भएपछि इच्छाकामना गाउँपालिका स्थायी बासिन्दाहरु कामको शिलशिलामा पर्वतमा अलपत्र परेका हुन्।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-का कारण नेपाल सरकारले लकडाउन जारी गरेको छ। कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले देशमा लकडाउन घोषणा गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्