लकडाउनमा बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल राखौं : विज्ञ

children
लोकपाटी न्यूज

काठमाडौं। सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा घरमै बसेका स्कूले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्। कोरोना संक्रमणको त्रासकाबीच सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेका स्कूले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण अरु गतिविधिसहित शैक्षिक गतिविधि पनि ठप्प भएकाकाले घरमै सिकाइका विभिन्न काम गर्न विज्ञको सुझाव छ। कोरोना संक्रमणको जोखिममा सचेत भएजस्तै यो बेला बालबालिकाको मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने मनोविद् गंगा पाठकको भनाइ छ।

बालबालिकालाई तनाव हुन नदिन र उनीहरुको मन, मस्तिष्कलाई अनावश्यक विचारमा बहकिन नदिन अभिभावक नै बढि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। आफ्ना बालबच्चासँगै बसेर पढाइलाई निरन्तरता दिन र बेला बेला मनोरञ्जन पनि गर्न उनको सुझाव छ। अरुबेला परिवारका सदस्य कमै भेटघाट हुने शहर बजारमा अहिले सबैजना एकैसाथ रहेकाले बालबालिकासँग बस्ने, रमाउने, खेल्ने अवसर रहेको मनोविज्ञ पाठकको भनाइ छ। एकातिर बालबालिकालाई मोबाइल दिने अनि अर्को्तिर आफैँ पनि मोबाइल लिएर नबस्न मनोविद् गंगा पाठकको अभिभावकसँग आग्रह छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्