गोर्खा लाहारीद्वारा कोरोना संक्रमण नियन्त्रण कोषमा १० लाख सहयोग

Help pic
लोकपाटी न्यूज

काठमाडौं, १८ चैत। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीले १०लाख सहयोग रकम हस्तान्तरण गरेको छ।

गोर्खा लाहारीले एक लाख रूपैयाँ जिल्ला विपद कोषमा प्रदान गरेको छ। कम्पनीका सञ्चालक बजरङ्ग सिंह तवरले जिल्ला समन्वय प्रमूख रघुनाथ खुलाललाई एक लाख रूपैयाँको चेक हस्तान्तरण गरे।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९सङ्क्रमण नियन्त्रणमा सरकारलाई विभिन्न क्षेत्रका संघ संस्थाहरूले सहयोग गरेको भन्दै मूख्यमन्त्री पौडेलले धन्यवाद दिए। विश्वभरी नै आतंक फैलाएको यो रोग नियन्त्रणमा हरेक क्षेत्रको उत्तिकै भूमिका हुने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्