कोरोनाबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

Princess-Maria-Teresa pic
लोकपाटी न्यूज

एजेन्सी । स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो।

स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी टेरेसाकोे निधनको पुष्टि भाइ हेनरीले गरे। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ।

अर्कोतिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ।