मूख्यमन्त्री राईको यूरोपियन शैलीको बैठक

IMG_2707
लोकपाटी न्यूज

विराटनगर, १५ चैत्र। प्रदेश नं.–१ का मुख्यमन्त्री शेरधन राईले आव्हान गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ। मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिएका हुन्।

राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिएका हुन्। त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामको बारेमा जानकारी गराए। उनले थप प्रभावकारी ढंगले अगाडि बढ्नका लागि सरोकारवाला पक्षहरुको राय लिएका हुन्।

बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो। बैठकमा उनीहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्