काठमाडौं, १४ चैत्र। विश्वभरि महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध विश्वको सिंगो मानव जाति लडिरहेको छ। विश्वका प्रायः सबै देशमा फैलिएको यस महामारीका विरुद्ध सबै देश र नागरिकले आ–आफ्नो ठाउँबाट सतर्कता अपनाउँदै आएका छन्।
नेपालले पनि गत मंगलबारदेखि लकडाउनको घोषणा गरेर नागरिकलाई घरमै सुरक्षित रहन अपील गरेको छ। विभिन्न सामाजिक संघसंस्थाहरुले पनि कोभिड–१९ बाट बच्न नागरिकलाई सचेत पार्ने काम गरिरहेका छन्।
महिला बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था आफन्त नेपालले पनि कोभिड–१९ बाट सुरक्षित रहन आम नेपालीमा अपील गरेको छ। आम नागरिकलाई कोभिड–१९ को जोखिमबारे जानकारी गराउने उद्देश्यले अपील जारी गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक ईन्द्रराज भट्टराईले जानकारी दिए।
आफन्त नेपालको अपील




लोकपाटी न्यूज
