रियलका पूर्व अध्यक्ष मार्टिनलाई कोरोना संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

एजेन्सी। रियल मड्रिडका पूर्व अध्यक्ष फर्नान्डो मार्टिनलाई कोरोना भाइरसको संक्रमण भएको छ। मार्टिनलाई कोरोना भाइरस संक्रमणभएपछि अस्पताल भर्ना भएका छन्।

मार्टिन स्पेनको मड्रिडस्थित प्योर्टा डि हिरेरो अस्पतालमा भर्ना भएको स्पेनिस खेलकुद अनलाइन मार्काले जनाएको छ। मार्टिनले २००६ मा रियल मड्रिडको अन्तरिम अध्यक्ष भएर काम गरेका थिए। केही दिन अगाडिमात्रै रियलका अर्का पूर्व अध्यक्ष लोरेन्जो साञ्जको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।

मार्टिन २००६ मा फ्लोरेन्टीनो परेजको कार्यकाल सकिएदेखि रामोन काल्डेरन अध्यक्षमा निर्वा्चित नभएसम्मका लागि झण्डै २ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए। कोरोना भाइरस दिन प्रतितदिन महामारीको रुप लिँदै गएको छ। अहिलेसम्म विश्वभर १६ हजारभन्दा बढीमानिसहरुले ज्यान गुमाइसकेका छन्।