काठमाडौं, १२ चैत। लकडाउनको समयमा मदिरा पसल खोलेको भन्दै एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रगिरी नगरपालिका १ दहचोकबाट मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा ३७ वर्षीय कबिराज बख्ती पक्राउ परेका हुन्।
बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकपाटी न्यूज
