काठमाडौ, १२ चैत। बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर चैत्र २३ गते सम्मका लागि स्थगित भएको छ । यसअघि चैत्र ७ गतेका लागि बोलाइएको बैठक सूचना मार्फत नै १३ गतेसम्मका लागि स्थगित भएको थियो।
संघीय संसदका कार्यबहाक महासचिव गोपालनाथ योगीले बुधवार एक सूचना प्रकाशित गरी कोरोना भाइरसको संभावित संक्रमणका नेपाल सरकारले अत्यावश्यक बाहेकको आवत जावतमा प्रतिबन्ध लगाएकोले बिहीवारको बैठक बस्न नसक्ने जानकारी गराएका हुन् ।
अर्को बैठक चैत्र २३ गते आइतवार दिउसो १ बजे बस्ने भएको छ।


लोकपाटी न्यूज

