कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटिभ’

लोकपाटी न्यूज

काठमाडौं, १२ चैत। कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको बीबीसी हिन्दीले जनाएको छ।

यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ भएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्