काठमाडौं, ११ चैत। वीरगञ्जका व्यापारी शिवकुमार रुँगटा मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमणको आशंकामा पटनामा उपचाररत व्यापारी शिवकुमार रुँगटा मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
रुँगटालाई कोरोना संक्रमणको शंका गरी भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको थियो। दुबईबाट फर्किएलगत्तै रुघाखोकी र ज्वरो देखिएको थियो रुँगटालाई। अहिले शिवकुमार रुँगटा स्वस्थ छन् मंगलबार अस्पतालले डिस्चार्ज दिएपछि उनी पटनामै रहेको एक आफन्तको घरमा आराम गरिरहेका छन्।
लामो समयदेखि मिर्गौलाका बिरामी रहेका उनलाई निमोनिया भएको पाइएको वीरगञ्जका मेयर विजय कुमार सरावगीले बताए। निमोनियाको कारण स्वास फेर्न गाह्रो भएर उपचार गराएको र मंगलबार अपरान्ह उनलाई अस्पतालले डिस्चार्ज गरेको सरावगीले बताए। रुँगटाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको भन्दै उनको परिवारजनको हवाला दिँदै यससम्बन्धी समाचार प्रकाशन तथा प्रसारण भएका थिए।



लोकपाटी न्यूज

