चितवन, ११ चैत। लक डाउनको निर्णय पालना नगर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। आज बिहानैदेखि सरकारले अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन भनेको भएपनि त्यसको अवज्ञा गर्दै मानिसहरू अत्यावश्यक कामबाहेक नै घरबाट बाहिर निस्किएपछि प्रहरीले यस्तो कदम चालेको हो ।
नियन्त्रणमा लिइएका केहीलाई सम्झाई बुझाई पठाइएको र केहीलाई जरिवानाका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको चितवनका प्रहरी ले जानकारी दियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको हो ।



लोकपाटी न्यूज

