काठमाडौ, १० चैत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ पक्राउ परेका छन । विप्लवका दाई जयेन्द्र चन्दसहित छ जना पक्राउ परेका हुन।
महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले आइतबार राति ८ बजेतिर विप्लव समूहका छ जनालाई पक्राउ गरेका हो। पक्राउ परेका चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्।
पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्। उनिहरुको साथबाट हतियार भने फेला नपरेको प्रहरीले बताएको छ । उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज