काठमाडौं, १० चैत। कोरोना भाइरसको संक्रमण रोकथामका लागी वसन्त चौधरी ( बिनोद चौधरी)ले एक करोड सहयोग गर्ने भएका छन्। संक्रमण रोकथामका लागी सरकारले बनाएको कोषमा उनले उत्त सहयोग गर्ने भएका हुन।
उनले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत यो घोषणा गरेका हुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको ट्वीटमा कमेन्ट गर्दै एक करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन्। नर्भिक अस्पतालका अध्यक्ष समेत रहेका उनले नर्भिक अस्पतालबाट र वसन्त चौधरी फाउन्डेसनबाट सो सहयोग जनाएका छन्। जसमा ५० लाख नगद र ५० लाख बराबरका मेडिकल सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। उनी
उनले रिप्लाईमा लेखेका छन, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।’



लोकपाटी न्यूज