पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण भएको छैन : अस्पताल

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ९ चैत । एक नेपाली कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा भारतको पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन्। वीरगञ्जका उनी केही दिनअघि अस्पताल भर्ना भएका हुन्।

उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए।

कोरोनाको आंशका गरिएका व्यक्तिको उपचार भइरहेको र केही रिपोर्ट आउन बाँकी रहेको डा. चौधरीले बताए।
उनको विस्तृत रिपोर्ट आउन दुई/तीन दिन लाग्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्