अछाममा बस दुर्घटना, तीन गम्भिर घाइते

.bus-accident-
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ९ चैत । बाजुराबाट कैलालीका लागि छुटेको मालिका यातायातको बस अछामस्थित चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइते  तीन जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन्।

बा३ ख ४४१० नम्बरको बस दुर्घटना भएको हो। ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि कैलाली रिफर गरिएको र एक जनाको अछाममै उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमूख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार दुर्घटनामा चालक श्याम रानासहित बसमा सवार तीन जना घाइते भएका जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्