काठमाडौं, ९ चैत। काठमाडौंबाट नुवाकोट जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिएको छ। संभावित कोरोना भाइरसको संक्रमणलाई मध्यनजर बससेवा संञ्चालनमा ल्याइएको हो।
स्थानीय समावसेवी एवं गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको संयोजनमा ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रा।लिले नुवाकोटको त्रिशूलीसम्म जानका लागि आजदेखि बस सञ्चालन गरेको हो । आइतबार काठमाडौंको नक्साल स्थित नारायणचौर, बालाजु र कलंकीबाट नुबाकोटका लागि बस छुटेको छ । कोरोनाका कारण गाउँ फर्किनेको सँख्या बढेको छ ।
त्यस्तै यात्रुको सुरक्षाका लागि माक्स पनि बितरण गरिएको छ।



लोकपाटी न्यूज

