काठमाडौं। महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमूख डिएसपी सन्तोष सिंह राठौर पुरस्कृत भएका छन्। लैनचौर बृत्तका डिएसपी राठौर एक समारोहका बिच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमूख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेबाट पुरस्कृत भएका हुन्।
डिआइजी पोखरेलले शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट कार्य गरेको ,अधिकृत जवान सामुहिक मेस निर्माण तथा सुधारका लागि चालेको अभियानका लागि नमुना मेस स्थापना गर्न सफल भएको र प्रहरी कर्मचारीलाई समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्यसम्पादन गर्न तर्फ उत्प्रेरित हुने भन्दै अभिलेखमा गनिने गरी रू १५ सय नगदसहित डिएसपी राठौरलाई पुरस्कृत गरिएको हो।
महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमूख सन्तोष सिंह राठौरले आफ्नो मातहतका स्थानमा शान्ति सुरक्षामा कुनै कमि नराखेको र कानूनी कार्यान्वयनमा कठोर भएर समाजमा हुने आपराधिक गतिविधिहरूलाई निस्तेज पारेको बताए।
ठमेल लगायतका स्थानमा हुने अपराधी गतिविधिलाई प्रत्यक्ष नियालेका भन्दै रातीकालिन व्यवसाय सञ्चाल हुने स्थानहोस् या कुनै स्थानमा हुने अपराधीक गतिविधिमा संलग्न जोकोहिलाई पनि कानूनी कठघेरामा ल्याउने बताए।जनताको पहिलो अदालत भनेकै प्रहरी हो यो पुरस्कारले थप हौसला प्रदान गरेको राठौर भने।



लोकपाटी न्यूज
