भारतीय सीमाबाट भित्रिने नेपालीले अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने

home ministri
लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। भारतीय सीमाबाट नेपाल भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयले नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको बताएको छ। अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
सीमाबाट भित्रिएका नेपाली ‘सेल्फ क्वारेन्टाइन’मा बसेनबसेको नियमित अनुगमन समेत स्थानीय प्रशासनले गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्