काठमाडौ, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला पुनः प्रत्यारोपण पछि पहिलोपटक मन्त्री परिषदको बैठक बोलाएका छन। बैंठक आज साँझ ४ बजेका लागी बोलाइएको हो। बैंठक कोभिड-१९ का विषयमा केन्द्रित रहेने बुझिएको छ।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने बताइएको छ। मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।



लोकपाटी न्यूज

