काठमाडौं, ९ चैत। भोलीबाट एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाईने व्यवस्था गरेको छ । सरकाले कोरोना भाइरसबाट पूर्वसर्तकता अपनाउनका लागी भन्दै यस्तो व्यवस्था गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए ।
सोही आव्हान बमोजिम यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो। सरकारको यो निर्णयसंगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाईने भएको हो। यो नियम देशभर लागू हुने यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।



लोकपाटी न्यूज