काठमाडौं, ७ चैत। एनआईसी एसिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरि दिएको हो।
विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानिका उपायहरु अपनाएका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न बान्छनिय हुन्छ। डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफना ग्राहकलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफना ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुका साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युितय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी गराएको छ।

ग्राहकहरुलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै जानकारी चाहिएमा बैंकको २४ घण्टा सुचारु रहने ग्राहक जनसम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।यस कठिन परिस्थितिमा ग्राहकको सुविधालाई मध्यनजर गर्दै यस बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमित रुपमा यथावत सुचारु राखिएको विज्ञप्तिमा जनाएको छ।
यस बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो। २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिव ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।



लोकपाटी न्यूज

