कालोबजारी गर्नेलाई ५ बर्ष कैद

lekhraj bhatta
लोकपाटी न्यूज

काठमाडौ, ७ चैत। उपभोग्य बस्तुको कालोबजारी गर्नेलाई सरकारले ५ बर्ष कैद गर्ने निर्णय गरेको छ। शुक्रबार मन्त्री लेखराज भट्टको अध्यक्षतामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो। कोरोना भाइरसको त्रासको कारण उपभोग्य बस्तुका कृतिम अभाव हुन नदिन सरकारले यस्तो निर्णय लिएको हो।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने सरकारको भनाइ छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्