‘लकडाउन’ के हो ?

लोकपाटी न्यूज

काठमाडौं, ७ चैत। अहिले लकडाउनको बारेका सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागी सरकारले लकडाउन गर्ने चर्चा चलेसंगै यस्तो क्रिया प्रतिक्रिया सुरु भएको हो। । नेपालमा हालसम्म एकजनामा पनि यस भाइरसको संक्रमण भने दखिएको छैन। सरकारले संक्रमण फैलिन नदिन पुर्व तयारीको रुपमा स्कुल कलेज बन्द गर्ने लगायत सभा सम्मेलन नगर्न तथा २५ जना भन्दा बढि भेला नहुन निर्देशन दिइसकेको छ।

आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे जानकारी गराउदै साँझ ६ बजे उच्चस्तरीय समन्वय समितिको बैठक डाकेका छन् । सम्भव त सरकारले ‘लकडाउन’को निर्णय गर्न सक्छ।

लकडाउन आपतकालिन अवस्थामा लगाइने सरकारी निर्णय हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको तयारीको रुपमा सरकाले लकडाउनको निर्णय गर्न सक्छ। समान्य अर्थमा बुझ्दा यो संक्रमणबाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृया हो । ‘लकडाउन’ भएको बेला कफ्र्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने हैन ।

कोरोनभाइरस फैलिएपछि चीनले वुहान र हुबेइ प्रान्तलाई लकडाउन गर्ने घोषणा गरिएको थियो । यो घोषणले गर्दा संसारभरि आश्चर्य मानिएको थियो । विज्ञहरूले यस्तो निर्णयलाई जोखिमपुर्ण प्रयास भन्दै यसले काम नगर्ने बताएका थिए। तर यो दुई महिनामा चीनमा कोरोना भाइरसको नयाँ केशहरु घट्नुका साथै मानिसहरु आइसोलेसनबाट बाहिर आउन थालेका छन।

त्यस्तै छिमेकी मुलुक भारतले जनता कफ्र्यु घोषणा गरेका छ। यो पनि एक प्रकारको लकडाउन नै हो। लकडाउन एक ठाउमा कोरोना भाइरस फैलिहाल्यो भने त्यो अन्यत्र नफैलियोस भनेर लगाईन्छ । लकडाउनको अबस्थामा अत्याबश्यक ठाउभन्दा बाहिर जान प्रतिबन्ध लगाइन्छ । लकडाउनको अबस्थामा कतै जान परे सरकारी अनुमती विना जान निशेध गरिन्छ।

लकडाउनको उदेश्य भिडभाड कम गरी संक्रमणलाई फैलिन नदिनु हो । नेपाल सरकारले पनि संक्रमणको सम्वेदनशिलतालाई बुझी सभा सम्मलेन नगर्न तथा २५ जना भन्दा बढि भेला नहुन निर्देशन दिईसकेको छ। यसै अनुरुप एसईई लगायत त्रिभुवन विश्वविद्यालयका सम्पुर्ण परिक्षाहरु स्थगित गरिएको छ। लोकसेवा आयोले पनि आफ्ना परिक्षाका कार्यक्रमहरु स्थगन गरेको छ भने सरकारको सोही निर्णय कार्यान्वयन गर्दै पशुपति विकास कोषले २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ भने शनिवार बेलुकादेखि पशुपतिमा आरती पनि बन्द हुने भएको छ । स्कुल, कलेज, डान्सबार, सिनेमा हल, तत्कालका लागि स्थगित भइसकेका छन् । सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ ।

यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन । सरकारले आबश्यक आद्यबस्तुको अभाव नहुने यसअघि नै जानकारी दिइसकेको छ । कालोबजारी गर्नेलाई कडा कारबाही चेताजनी पनि दिईसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्