काठमाडौं, ७ चैत। नेपालका दुई दर्जनभन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने भएका छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासको अवस्थामा नेपालका दुई दर्जनभन्दा बढी साप्ताहिक पत्रिका बन्द हुन् लागेका हुन्।
पत्रिकाका सम्पादकले शुक्रबार सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन्। पत्रिकाका सम्पादकले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन गर्न कठिन भएको भन्दै राहत स्वरुप विशेष निर्णय लिइ दिन आग्रह गरेका छन्।
पत्रपत्रिकालाई बर्गीकरणमा सामेल गराउन महाभूकम्प र नाकाबन्दीमा जस्तै विशेष निर्णय व्यवस्था गरिदिन आग्रह गरेका छन्।
जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायतका पत्रिका बन्द हुन लागेका हुन्।




लोकपाटी न्यूज
