मापसे चेकिङ स्थगित

लोकपाटी न्यूज

काठमाडौं, ७ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता अपनाउदै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ। ट्राफिक महाशाखाले नियमित हुदै आएको मापसेलगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने व्यवस्था मिलाएको छ। चेकिङ गर्नुपर्ने अवस्थामा मात्रै सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जानकारी दिएको छ।

अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल जनाए। ‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं। तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं। र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने।

ट्राफिकले सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको बताएको छ। त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले भिडभाड कम गराउने गरि प्ले कार्डसहितको ट्राफिक प्रहरी टोली शुक्रबारदेखि खटाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्