काठमडौं, ७ चैत। दुई साताका लागी देशभरका अदालतहरु बन्द हुने भएका छन। कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै देशभरीका अदालत बन्द गर्न लागीएको हो।
शुक्रबार सर्वोच्च अदालतमा चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई हप्तासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरीएको हो। अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो ।
यसअघि नै नेपाल बार एशोसियसनले सर्वोच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न माग गरेको थियो। सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ।



लोकपाटी न्यूज

