बाजुरा, ६चैत्र। बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगले दुई जना वालवालिकाको मृत्यु भएको छ। गाँउपालिकाको वडा नम्बर २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको स्थानिय शिक्षक जनेश भण्डारीले वताउनु भएको छ ।
चतुरे थापाको छोराको ५ गते र भर्बल बिकको छोराको ४ गते मृत्यु भएको हो । स्थानियका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आएपछि मृत्यु भएको वताइएको छ । ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षणहरु देखा परेका छन्। रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडी मा दर्जनौ बिरामी परेको वडा नम्बर १ का वडाअध्यक्ष जनक बहादुर रोकायाले वताए। रोग एकसाता देखी फैलिएको स्थानियले वताएका छन् ।
फयाल गाँउमा मात्र ६० जना भन्दा बढि बिरामी रहेको वताइएको छ ।



लोकपाटी न्यूज