रोग प्रतिरोधात्मक क्षमता बढाउने आठ खानेकुरा

Fruits Veg
लोकपाटी न्यूज

काठमाडौं। इम्युनिटी सिस्टम एवं रोग प्रतिरोधात्मक तन्त्रले हाम्रो शरीरमा सम्भावित रोगको संक्रमणबाट रक्षा गर्छ। हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ। जब मानिस मर्छ, तब उनको प्रतिरोधात्मक क्षमता पनि नष्ट हुन्छ।

मौसमको फेरबदलसँगै मानव शरीरमा पनि सानोतिनो समस्याहरु देखापर्न सुरु हुन्छ, जस्तै रुघा खोकी लाग्न सक्छ। ज्वरो आउन सक्छ। झाडापखला लाग्न सक्छ । यदि त्यसो हुनु भनेको तपाईको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, योे कुरा प्रष्ट हुन्छ।

अहिले त झन् कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुप लिएको छ। हालसम्म गरिएको परीक्षणले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा यसको बढी संक्रमण देखिएको छ। जब शरीरमा रोगसँग लड्ने क्षमता हुँदैन, तब बाह्य वातावरणले चाडै असर गर्छ। अतः शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ।

खाना र व्यायाम नै यस्ता अचुक अस्त्र हुन्, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। शहरमा विषादीयुक्त खानेकुराले गर्दा के खाने, के नखाने ? भन्ने कुरामा नै मानिसहरु दुविधामा पर्न थालेका छन्। हामीले अर्गानिक खानेकुराका माध्यमबाट नै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौं। रोग प्रतिरोधात्मक क्षमता बढाउने केही खानेकुराहरु यस्ता छन्।

(१) प्याज : प्याजमा फ्लेवेनाइड्स नामको तत्व सामिल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्व जम्मा हुन दिँदैन। यसले सुन्निने समस्या आउन दिँदैन। त्यसैले प्याजको सेवन शरीरका लागि लाभदायक हुन्छ। यसलाई सब्जीमा मिसाएर वा सलादको रुपमा काँचो खान सकिन्छ।

(२) लसुन ः लसुन हाम्रो शरीरमा ब्लड प्रेसर कम गर्छ। यसमा हुने एन्टि क्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ। नियमित रुपमा हरेक विहान उठ्नसाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ। यसले श्वास नलीको समेत सफाई गर्छ।

(३) अलसी : अलसीमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। साथै पेटलाई पनि सफा राख्छ। हरेक बिहान आधा चम्चा अलसीको बिज सेवन गर्दा कब्जियतको समस्या रहँदैन।

(४) कागती : कागतीले एक डिटाक्सीफायरको रुपमा काम गर्छ। नियमित रुपमा हरेक बिहान कागती पानी सेवन गर्नुपर्छ, जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ। नियमित कागती सेवन गर्नाले रगत सफा राख्नुका साथै ब्लड प्रेसर कन्ट्रोल गर्न सहयोग पुग्छ।

(५) बन्दा : सब्जी वा सलादको रुपमा बन्दाको सेवन गर्न सकिन्छ। यो स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि लाभदायक पनि। बन्दाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले पाचन नलीलाई पनि सफा बनाउँछ।

(६) च्याउ : च्याउमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ। यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। च्याउमा भिटामिन डि, बि–१, बि–३, बि–५, बि–६ आदि पाइन्छ। यसले हड्डीलाई पनि बलियो बनाउँछ। तौल घटाउन र सुगर लेबल सही राख्नका लागि च्याउ उपयोगी हुन्छ।

(७) बेसार : बेसार एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो। यसले रगत शुद्ध बनाउने काम गर्छ। साथै शरीरको रुप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ। यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ। बेसारमा रहेको करक्यूमिन नामक तत्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ।

(८) टिमुर : टिमुर एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो। यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकासमा ठूलो सघाउँ पुर्‍याउँछ। टिमुरको प्रयोगले शरीरमा लाग्ने ब्याक्टेरियालाई कन्ट्रोल गर्नुका साथै शरीर फूर्तिलो राख्छ।

सन्तुलित खानपानसँगै नियमित व्यायाम, स्वस्थ दिनचर्या पनि आवश्यक हुन्छ, रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि। हाम्रो दिनचर्याले शरीरको प्रतिरोधात्मक क्षमतामा पनि सहयोग पुग्छ। त्यसैले व्यायाम र दैनिक क्रियाकलापमा पनि हामीले ध्यान दिन जरुरी छ।

(१) पानी : पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ। यसले गर्दा मृगौलाको कार्य प्रणाली चुस्त दुरुस्त रहन्छ। शरीरको विषाक्त पदार्थ बाहिर जान्छ। यसले प्रतिरोधात्मक क्षमता बढ्छ।

(२) निन्द्रा : पर्याप्त निन्द्रा लिनुपर्छ। यदि राम्ररी निन्द्रा पुगेन भने पनि शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। तपाईको शरीर र मस्तिष्कले सही ढंगले काम गर्नका लागि ६ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ। निद्राको कमि स्वास्थ्यका लागि निकै घातक हुने अनुसन्धानले देखाएको छ।

(३) सरसफाई : रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि वातावरण स्वच्छ हुन आवश्यक छ। किनभने फोहोर मैलाबाट रोगको संक्रमण फैलने भय रहन्छ। त्यसो त वातावरण मात्र होइन आफ्नो लता कपडा, भाँडा बर्तन, ओड्ने ओछ्याउने, पहिरन सबै कुरा सफा हुनुपर्छ। सफा ठाउँमा मात्र ब्याक्टेरियाको प्रकोप पनि कम हुन जान्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्