लोकसेवा आयोगका परीक्षाहरु पनि स्थगित

Loksewa
लोकपाटी न्यूज

काठमाडौ, ६ चैत। लोक सेवा आयोगले चैत मसान्तसम्म पूर्व निर्धारित परीक्षाका कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरसका कारण स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै लोकसेवाले परीक्षाको कार्यक्रम स्थगित गरेका हो।

आयोगका उपसचिव एकनारायण शर्माले बिहीबार सूचना जारी गर्दै संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले स्वास्थ्य सुरक्षा संवेदनशीलता सिर्जना गरेकाले आयोगले लिने पूर्वनिर्धारित परीक्षाका कामहरू स्थगित गरिएको जानकारी गराएका हुन्।

‘कोरोना भाइरस ( कोभिड–१९ ) संक्रमणले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनीलतालाई मध्यनजर गर्दे चैत ८ देखि २०७६ चैत मसान्तसम्म आयोगद्वारा पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फकाट लिखित परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले बिहीबारबाट हुने भनिएको एसइई परीक्षा पनि स्थगीत गरेको थियो । त्यस्तै, त्रिविका परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्