नक्कली नोटसहित २ जना प्रकाउ

arrest-arrest
लोकपाटी न्यूज

काठमाडौं,६ चैत। नक्कली नोटसहित २ जना पक्राउ परेका छन । रामेछाप प्रहरीले १ लाख १२ हजार रुपैयाँ नक्कली २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका १ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका २ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।

उनीहरुले नक्कली नोट चल्तीमा ल्याएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नोट बरामद भएको जनाएको छ ।

साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्