कस्ता बिरामीलाई कोरोनाको बढी जोखिम हुन्छ ?

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै यसको संक्रमण सम्बन्धी जिज्ञासा बढ्न थालेको छ। कोरोना भाइरसबाट बच्ने विभिन्न उपायको खोजीमा मानिसहरुमा त्यस्तो जिज्ञासा बढ्न थालेको हो। भर्खरै मात्र चीनको एक अध्ययनको दावीअनुसार ‘ए’ ब्लड ग्रुप भएका बिरामीमा कोरोनाको प्रकोप ज्यादा हुनसक्ने दावी गरिएको छ।

कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बढी संक्रमित गर्ने कुरा अध्ययनले पुष्टि गरिसकेको छ। जो व्यक्ति बिरामी छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, तिनीहरुमा कोरोनाको संक्रमण बढी हुने देखिएको छ। कुन रोगका बिरामीमा कोरोना भाइरसले संक्रमण गर्ने जोखिम बढी हुन्छ ? जानौं केही तथ्य।

कसलाई बढी खतरा हुन्छ ? सबैभन्दा बढी खतरा रगतसँग सम्बन्धित क्यान्सरका बिरामी। केमोथेरापी लिइरहेका र बोनम्यारो प्रत्यारोपण गराएका बिरामी। रोगसँग लड्न सक्ने क्षमता कमजोर भएका व्यक्ति। डा. अरुण शाहीका अनुसार यस्ता व्यक्तिलाई कोरोनाको बढी जोखिम हुने अध्ययनले देखाएको छ।

सबै क्यान्सरका बिरामी या उपचार गराइसकेका बिरामीलाई खतरा हुन्छ ? रगतसँग सम्बन्धित रोग जस्तैः non Hodgking Lymphoma, Chronic lymphocytic Leukemia, acute myeloid Leukemia, acute lympholastic Leukemia र myeloma। बोनम्यारो प्रत्यारोपण। क्यान्सरको उपचार गराइरहेका बिरामी वा अन्तिम साइकल उपचार लिइरहेका बिरामी तथा क्यान्सरका बिरामी, Immunosuppressive जस्तै prednisone) खाइरहेका बिरामीलाई। क्यान्सरका बिरामी, Survivor तथा immunosuppressive.

क्यान्सरका बिरामीलाई कोरोना भाइरसले असर गर्छ कि गर्दैन भन्ने कुनै अनुसन्धान तथा तथ्याङ्क छ त ? क्यान्सरका बिरामीलाई कोरोना भाइरसले कतिको असर गर्छ भनेर खासै कुनै अनुसन्धान गरेको त छैन। तर चीनले विभिन्न स्वास्थ्य पत्रिकामा प्रकाशित समाचारअनुसार क्यान्सरका बिरामीलाई असर गरेको पाइएको थियो।

७० वर्षभन्दा बढी उमेर समूहका मानिसलाई। ८० वर्षभन्दा बढी उमेर समूहका मानिसलाई अन्य मानिसलाई भन्दा १५ प्रतिशत बढी खतरा हुन्छ। Immunosuppressive औषधि खाइइरहेका तथा क्यान्सरको उपचार गराइरहेका बिरामीले रुघाखोकी, ज्वरो जस्ता लक्षण देखापरेमा अलि बढी सचेत हुनुपर्ने हुन्छ।

यदि कोरोना भाइरसका लक्षणहरु (धेरै ज्वरो आएमा, सुख्खा खोकी लाग्ने, थकान महसुुस भएमा श्वास प्रश्वासमा गाह्रो भएमा) आफूलाई उपचार गराइराखेको चिकित्सकलाई तुरुन्त देखाउने। यदि लक्षणहरु देखा परेमा कस्तो खालको लक्षण हो यकिन गर्ने, कोरोना भाइरसको लक्षण हो कि साधारण मौसमी फ्लु हो यकिन गर्ने। यदि कोरोना भएको शंका लागेमा तुरन्त जाँच गरी कोभिड १९ यकिन गर्ने।

परिवारका सदस्य कसैलाई यो भाइरसको संक्रमण देखा परेमा दूरी कायम गर्ने, एउटै कोठामा नसुत्ने, रुमालको सट्टामा टिस्यु पेपर प्रयोग गरी सुरक्षित ठाउँमा फ्याँक्ने र साबुन पानीले नियमित हात धुने।

क्यान्सरका बिरामी तथा सर्भाइभरले सार्वजनिक यातायात तथा सभा सम्मेलनमा जाने कि नजाने ? सम्भव भएसम्म उपचार गराइरहेको समयमा सार्वजनिक यातायात प्रयोग नगरेको राम्रो। सम्भव नभएमा बस वा अन्य सार्वजानिक यातायात चढ्दा अन्तिम सिटको प्रयोग गर्ने जसले गर्दा भीडभाडको सम्पर्क कम हुन्छ। उपचार सकिसकेका बिरामीले भने सार्वजानिक यातायातमा यात्रा गर्न केही फरक पर्दैन। फिल्म हेर्न, रेस्टुरेन्ट, सभा, सम्मेलन, भोज, भतेरमा जाँदै नजाने भन्दा पनि विशेष सावधानी अपनाएको राम्रो।

के रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने आधारहरु छन् त ? स्वस्थ रहनका लागि राम्रो निद्रा हुनु जरुरी छ। उपचार गराइरहेका तथा स्वस्थ व्यक्तिहरु पनि कम्तीमा ७–८ घन्टा सुत्नुपर्छ। कसरत, योग, एरोबिक एक्सरसाइज, जगिङ गर्ने। अर्को आधार आफ्नो सोचलाई बलियो बनाउने तथा सकारात्मक सोच राख्ने। यसो गरियो भने कोरोनासँग लड्ने प्रतिरोध क्षमता बढ्न सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्