त्रिविका सबै तहका परीक्षा पनि स्थगित

Tribhuwan-University-TU
लोकपाटी न्यूज

काठमाडौं, ५ चैत। त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु पनि स्थगित गरिएको छ। चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु पनि रोकिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।

अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गरिएको मन्त्री पोखरेलले बताए। बुधबार बसेको समितिको बैठकले विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले भोलि बिहीबार हुने भनिएको एसइई परीक्षा रोक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्