काठमाडौं,५ चैत। कोरोना भइरस ( कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन सरकारले पूर्ण प्रतिबन्ध गरेको छ। कोभिड- १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले अहिले नै लक डाउन नगरेको भए पनि यो प्रतिबन्धले ५५ देशबाट नेपाल आउन रोकिनेछ । उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।



लोकपाटी न्यूज

