काठमाडौं, ५ चैत। ५ लाख थान बजारबाट जफत गरेको मास्क सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाई उपलब्ध गराउने भएको छ । बुधवार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय गरेको हो।
यस्तै बाँकी रहेका मास्क भने साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने निर्णय गरेको छ । सरकारले कोरानोनाका बिरामीलाई स्वास्थ्य उपचार गर्नुपर्ने भएका स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने व्यवस्था गर्ने पनि जनाएको छ। सरकारले काठमाडौंको सानो भर्याङबाट मात्र १० लाख थान मास्क लुकाएर राखेको अवस्थामा जफत गरेको थियो।



लोकपाटी न्यूज

