सामाजिक सञ्जालमा कोरोना भाइरसको बारेमा भ्रम फैलाउनेलाई सरकारले कारवाही गर्ने

corona samiti
लोकपाटी न्यूज

काठमाडौ, ५ चैत। विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ( कोभिड-१९ ) को बारेमा सर्वसाधारणहरुमा भ्रम फैलाउनेलाई सरकाले कारबाही गर्ने बताएको छ।बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको हो । निर्णयमा भनिएको छ, “सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरि कुनै पनि सञ्चार माध्यम सामाजिक सञ्जाल समेतबाट गलत अभिव्यक्ती दिएमा कानुन बमोजिम कारबाही गरिनेछ।”

यसअघि मलेसियामा कोरोना सम्बन्धी भ्रम फैलाएको आरोपमा एक व्यक्तिलाई एक वर्ष जेल सजाय तोकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्