काठमाडौं, ५ चैत। दश लाख मास्कसहित एक जनालाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको छ।युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज ट्रेर्डसबाट उक्त परिमाणमा महानगरीय अपराध महाशाखाको टोलीले मास्क बरामद गरेको हो।
यसअघि पनि प्रहरीले काठमाडौंबाट करिव १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो। पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्चालन गर्दै आएको छ।



लोकपाटी न्यूज
