काठमाडौं, ९ माघ । प्रदेश नम्बर २ को राष्ट्रिय सभा चुनावमा राजपाका मृगेन्द्र सिंह यादव विजयी भएका छन्। राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।
मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए। प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए।
यस्तै, नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन्।



लाेकपाटी न्यूज

