काठमाडौं। काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन्। पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन्। उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो। लामो समयदेखि काठमाडौ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ।
विगतमा जमिनबाट मानिसले पानी निकाल्ने मात्र गर्नाले इनार सुक्खा हुन थालेका थिए र यसलाई पहिलेको अवस्थामा ल्याउन प्रयाप्त पहल कदिम हुन सकेका छैनन्। यसबाट विभिन्न समस्या, जस्तैः सुक्खा माटो र खडेरी ठूलो परिमाणमा देखियो। तर, यहाँ भूमिगत पानी पुनर्भरण प्रणालीलाई प्रोत्साहन तथा व्यवहारमा लागू गरेपछि इनार फेरि पहिलेकै अवस्थामा आउन सक्ने विज्ञ बताउँछन्।
बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ। अहिलेकै गतिमा हरियाली नासिँदै, पानी रसाउने खुला जमिन कंक्रिटले ढाकिँदै, जनसंख्याको चाप थपिँदै जाने हो भने खानेपानी अभाव आउँदा वर्षमा काठमाडौंवासीको सबैभन्दा विकराल समस्या आउन सक्छ। तथ्यांक विभाग अनुसार उपत्यकाको जनसंख्या अति तीव्र गतिमा प्रतिवर्ष ५ प्रतिशतका दरले वृद्धि भइरहेको छ।
काठमाडौंमा बढ्दो कंक्रिटीकरणलाई हेर्दा प्रत्येक घरमा वर्षातको पानी संकलन गर्ने प्रविधि अनिवार्य जडान गर्नुपर्ने जोडदिनु पर्ने आवाज उठिरहेका छन्। उपत्यकालाई घेरेका डाँडाहरूमा आकाशेपानी जमाउन साना र मझौला कृत्रिम झिलहरू बनाउन सकिन्छ। त्यसमा जम्मा भएको पानीले लामो समयसम्म जमिनभित्रका छिद्रहरूमार्फत रसाउँदै तल बस्तीका कुवा, इनार या ढुंगेधाराहरूलाई पुनर्जीवन गर्ने राय विज्ञहरुदले दिएका छन्।
यो सानो खर्चमै गर्न सकिन्छ। यसले पानीको मूल रसाएर सहरभित्रका पुराना मृत ढुंगेधारा, इनार, कुवा, पोखरीहरूलाई पुनर्जीवन दिनेछ। यो विधिको सफल प्रयोग भारत र अन्य देशका कैयौं स्थानमा गरिएका छन्। कुनै बेलाका ठूला तर हाल सुकेका नदी र तालहरूले पुनर्जीवन पाएका छन्। त्यसबाट त्यहाँको कृषि उत्पादन बढेकोर सहर पसेका युवाहरू पुनः गाउँ फर्केर उत्पादनमा सामिल भएको उदाहरण भारतको ‘जल जागृति अभियान’ र ‘जल संरक्षण अभियान’ ले देखाएका छन्।
आशा गरौं, सरकार र सांसदको अबको विकास प्राथमिकतामा-वातावरण प्रबर्द्धन, आकाशेपानी सञ्चय व्यवस्थापन जस्ताविषय पर्नेछन्। जनताको स्वच्छ खानेपानीको दिगो आपूर्ति र पर्यावरणको संरक्षण गरेर जनस्वास्थ्यको संरक्षण गर्न उनीहरूले ‘निर्वाचन क्षेत्र विकास कोष’ को रकमसदुपयोग गर्नेछन्।



लाेकपाटी न्यूज

