लागू औषधसहित दुई पक्राउ

pachim nawalparasi
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २७ पुस। पश्चिम नवलपरासीमा लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रामग्राम नगरपालिका १२ का प्रमोद कुमार राय र रामग्राम नगरपालिका ९ मधौलियाका अजाद पाठकलाई जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट लागू औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

जिल्लाको वर्दघाट नगरपालिका वडा नम्वर ३ लघुनास्थित भित्र सडकमा चेकजाँच गर्ने क्रममा लु ९ प ४५८७ नम्वरको मोटरसाइकलमा सवार प्रमोद कुमार रायको साथमा रहेको झोलामा लुकाईछिपाई राखेको अवस्थामा नोफिन १५०,डाइजेपाम १५० र फेरागन १५० पिस फेला पारेको प्रहरीले जनाएको छ।

त्यस्तै रामग्राम ५ हाटबजारमा चेकजाँचको क्रममा अजाद पाठकको साथबाट फेरागन ७०,नुफ्रिन ७०,डाइजेपाम ७०,नाइट्रोभेट १३५ र इस्पास्मो १० पिस फेला पारेको प्रहरीले जनाएको छ। दुबै जनालाई लागू औषध सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान कार्य भैरहेको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्