आहा, क्या राम्रो ललितपुर (फाेटाेफिचर)

Fhulchoki-11
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौंबाट पच्चीस किलोमिटरको दूरीमा पर्छ ललितपुरका कोन्जोसोम गाउँपालिका। कोन्जोसोम गाउँपालिकाको वडा नं.–१ मा पर्छ गाउँपालिकाको प्रसिद्ध पाथीभरा मन्दिर। त्यही मन्दिरको आसपासबाट देखिन्छन् अत्यन्तै मनमोहक दृश्यहरु।

करीब २१०० मिटर उचाइमा रहेको पाथीभराबाट काठमाडौं उपत्यका, ललितपुरकै बाग्मति गाउँपालिका र आसपासका दृश्य अत्यन्तै रोमाञ्चक लाग्छन्। उत्तरतिरको हिमश्रृङ्खलाले त जो–कसैलाई मन्त्रमुग्ध बनाउँछ। काठमाडौंबाट जम्माजम्मी १ घण्टाको यात्रामा पुगिने उक्त ठाउँ राजधानी नजिक भएर पनि ओझेलमा परिरहेको छ।

पहाडी भू–धरातल तथर समथर भू–भाग भएको माझखण्ड क्षेत्रबाट उत्तरतिरका अधिकांश हिमाल देखिन्छन्। ललितपुरको फूलचोकी डाँडा यहाँबाट निकै रोमाञ्चक देखिन्छ। लेले लगायतका उपत्यकाका अधिकांश स्थानहरु देखिन्छन्। शरद ऋतुमा हिउँ पर्ने यो ठाउँ आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य पनि हुँदै गएको छ।

हेरौं केही तस्वीरहरु

Fhulchoki-3Fhulchoki-2Fhulchoki-1Fhulchoki-4Fhulchoki-5Fhulchoki-6Fhulchoki-7Fhulchoki-9Fhulchoki-10Fhulchoki-12Fhulchoki-11Fhulchoki-13Fhulchoki-14

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्