चितवन, १८ पुस । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)दान बहादुर मल्लले चितवन छाडेका छन् । मल्ललाई प्रहरी प्रधान कार्यालयले पुस ४ गत्ते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो ।
एसपी मल्लको स्थानमा एसपी गंगा पन्तलाई सरूवा गरेको छ। हेर्नुहोस् एसपी मल्लले चितवनमा गरेका स्मरणीय कामहरु
१. रवि लामिछाने र अन्य दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा उनी सफल देखिए। रवि लामिछानेको रिहाइका लागि हजारौं मानिसहरु सडकमा उत्रिंदा पनि चितवन प्रहरी निकै संमयमित बनेको थियो। जसले गर्दा कुनै अप्रीय घटना हुन पाएन।
अन्य जिल्लामा त्यति धेरै संख्यामा भएको प्रदर्शनमा हातहाती हुने गरेका समाचारहरु आउँथे। एसपी मल्लको कमाण्डमा रहेको चितवन प्रहरीबाट कुनै अप्रीय घटना घट्न पाएन। उक्त घटना निशेधाज्ञा क्षेत्र घोषण गरी प्रहरीले ठूलो संख्याको भिडलाई नियन्त्रण गर्न सफल भएको थियो ।
२. क्रिकेट रंगशालाको बार भत्काएपछि त्रसित बनेको धुर्मुश सुन्तली फाउण्डेशनलाई पुनः काममा फर्काउने गरी शान्ती सुरक्षा दिन उनी सफल भए । र अहिले रंगशाला निर्माणको काम भइरहेको छ । उनले केही समय अगाडि प्रहरी जवानहरु लगेर श्रमदान पनि गराएका थिए ।
३. क्लिन चितवन भन्ने अभियान चलाएर एसपी मल्लको टिमले सयौं फरार अपराधीहरु नियन्त्रणमा लिएको थियो ।
४. ज्ञानेन्द्र शाही प्रकरणमा समयमै चितवन प्रहरीको सक्रियताका कारण कुनै अप्रिय घटना हुन पाएन। प्रकरणमा मुछिएका केही दोषीलाई समेत उनले पक्राउ गरे ।



लाेकपाटी न्यूज

