अस्मिना पाण्डे\ बुटवल, १८ पुस। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ मा राष्ट्रिय सभा सदस्यको टुङ्गो लागेको छ। प्रदेश ५ बाट माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी रुपन्देही मणिग्रामका पुराना नेता गोपाल भट्टराई, तुल्सीपुर १२ दाङका जगप्रसाद शर्मा अपार,र महिलाबाट कपिलवस्तुकी विमला घिमिरे रहेकी छन्।
भट्टराई २०२५ साल देखी राजनीतिमा सक्रिय छन् २२ वर्ष सम्म उनले जिल्ला कमिटीमा रहेर काम गरेको अनुभव छ भने उनी विभिन्न पार्टीको जिम्मेवारी सम्हालेका नेताको रूपमा चिनिन्छन्। हाल उनले पार्टी प्रदेश कमिटी कार्यालय सदस्यको जिम्मेवारी सम्हालेका छन्।
घिमिरे २०४७ बाट अनेमसंघ गाउँ कमिटी सचिव हुँदै २०४८ को इलाका कमिटी २०५९मा जिल्लाको जिल्ला कमिटी सदस्य ०६२ मा जिल्लाको उप सचिव , ०६९ सचिव भइन भने ९ औ महाधिवेशन थोरै मतले पराजित भएकी उम्मेदवार हुन। हाल घिमिरे केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु जिल्ला सह इन्चार्जको जिम्मेवारीमा छन्।
त्यस्तै अर्का उम्मेदवार शर्मा २०४३ को विद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय रहेको लोकपाटीसँग बताए हाल उनले पार्टीको केन्द्रीय कमिटी सदस्य एवं प्रदेश ५ कमिटी सचिवको जिम्मेवारी सम्हालेका छन्।



लाेकपाटी न्यूज

