काठमाडौं, ३ मंसिर। काठमाडौं महानगरपालिकाले प्रशासन विभाग प्रमूखको जिम्मेवारी नवराज ढकाललाई दिएको छ। सहकारी विभागका प्रमूख रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको महानगरले जनाएको छ।
प्रशासन विभागलाई सबै भन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ। ढकाल विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमूखको जिम्मेवारीमा रहेका थिए। उनले सहप्रवक्ताकोसमेत जिम्मेवारी सम्हालेका थिए।
शिक्षा, सहकारीलगायत स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमूखको जिम्मेवारी दिइएको थियो। अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढकालले अर्थशास्त्रमै एमफिल गरेका छन् भने दर्शनशास्त्रमा पनि स्नातकोत्तर गरेका छन्। लामो समम महानगरकै विभिन्न विभागमा रहेर काम गरेका ढकालले वित्तीय प्रशासनमा पनि स्नातकोत्तर गरेका छन् भने कानूनमा स्नातक।



लाेकपाटी न्यूज

