ट्रम्पको चेतावनी – महाअभियोग लगाउनेलाई मुद्दा चलाउँछु

Donald Trump
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रकृयालाई अगाडि बढाइरहकी सभामूख र संसदको इन्टेलिजेन्स कमिटीका अध्यक्ष बिरुद्ध मुद्दा चलाउने चेतावनी दिएका छन् ।

सभामूख न्यान्सी पेलोसी र इन्टेलिजेन्स कमिटीका अध्यष एडम सिफलविरुद्ध मुद्दा हाल्ने चेतावनी ट्रम्पले दिएका हुन् । उनले आफ्ना वकिलहरुलाई मुद्दाको प्रकृया अघि बढाउन भनेको खुलासा गरेका छन् ।

अमेरिकाको वासिङटन डीसीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पेलेसी र सिफ ‘खराब मानिस’ बताउँदै मुद्दा हाल्ने तयारी गरेको बताए । ‘मैले हारे पनि अमेरिकी जनताले यसबारेमा बुझ्नेछन्’ ट्रम्पले भने ।

ती दुवै जना अमेरिकाका लागि खतरा रहेको बताउँदै ट्रम्पले उनीहरु दुबैले अमेरिकालाई ढाँटिरहेको आरोप लगाए ।