काठमाडौं, १४ असोज। सभामूख कृष्णबहादुर महराले सभामूख पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले उपसभामूखमार्फत् राजीनामा दिन लागेका हुन्।
उनलाई यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा सचिवालय बैठकले समेत पदबाट राजीनामा दिन आग्रह गरेको छ। यससँगै उनी घटनाको छानविन प्रक्रियामा सघाउन राजीनामा दिन लागेका हुन्।
उनीमाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
प्रतिनिधिसभा नियमावलीमा सभामूखले उपसभामूखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने व्यवस्था रहेकाे छ ।



लाेकपाटी न्यूज

