गोरखा, ८ असोज। गोरखाको भच्चेक गाउँपालिकाको भच्चेक बजारमा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। विजया दशमीको अवसरमा दि मनासलु युवा क्लबुको आयोजनामा आगामी १० गतेदेखि अन्तर क्लबस्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।
गत भदौ २५ गते बसेको क्लबको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष खेमराज घलले जानकारी दिए। अध्यक्ष घलले भने, ‘युवाहरूको प्रतिभा प्रस्फुटन, क्षमताको अभिवृद्धि र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।’
असोज १० देखि १७ गतेसम्म हुने सो प्रतियोगितामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य चूणामणि खड्का र नेता तथा समाजसेवी दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहने जनाइएको छ। प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एघार हजार एक सय एघार, द्वितीय पुरस्कार पच्पन्न हजार पाँच सय ५५ र तृतीय पुरस्कार २२ हजार दुई सय २२ रहेको आयोजकले बताएको छ।



लाेकपाटी न्यूज