काठमाडौं, ५ भदौ। भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। आज बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर उनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए। भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन्। उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।
आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आजै उनी स्वदेश फर्कने कार्यक्रम छ।



लाेकपाटी न्यूज

