परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिँदैनौं : मन्त्री खनाल

chakrapani khanal
लाेकपाटी न्यूज

काठमाडौं, ४ भदौ। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताए। बुधबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका छन्।

नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोका आयात रोक्न नसके पनि निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए। मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताएका छन्।

मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए।उनले हाम्रो उत्पादन पर्याप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खाना खान सकिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्